Harsamaya
नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलको उद्घाटन
नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलको उद्घाटन गरिएको छ ।

नुवाकोट - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरू लाई प्राथमिकता दिने बताएका छन् । 

अन्तरदेशीय पहुँच स्थापति गर्ने, बढ़ी जनसंख्यालाई लाभ हुने, गाऊ र शहर जोड्ने तथा उत्पादन र बजारलाई जोड्ने योजना तथा आयोजनाहरू प्राथमिकतामा रहने उनको भनाई छ।

शुक्रबार नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलको उद्घाटनपछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा गर्न आग्रह गरे । 

निर्माण कार्यमा हुने ढीलासुस्ती र गुणस्तरहीनता मान्य नहुने उल्लेख गर्दै मन्त्री दहालले तीनै तहका सरकार र नागरिकको सहकार्यलेनै समृद्धिको यात्रा अघि बढाउन सकिने बताए । 

गलीछि-मैलू-श्याफ्रुवेशी सडक, पासाङल्यामु राजमार्ग, मध्य पहाडी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जानउँदै उनले अहिले देश भरीनै तीव्र गतिमा निर्माण कार्य भई रहेको बताए । 

अहिलेको सरकार काम गर्न र समृद्धिको यात्रा अघि बढ़ाउन गठन भएको जानाउँदै उनले अहिलेको सरकारलाई काम नगर्न छुट नभएको समेत बताए । विकासलाई समृद्धिसँग जोडेर लैजान जरूरी रहेको बताएका दाहालले विकासको प्रभाव नागरिकको जीवनमा देखिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाललगायतका अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नुवाकोटका नेताहरूले जिल्लामा अधुरा रहेका योजनाहरूलाई गति दिन माग गरेका थिए ।

मन्त्रालय मार्फत सिमचौर तथा त्रिशूली बजार स्थित त्रिशूली नदीमा निर्माण गरिएको पलको मन्त्री दाहालले उद्घाटन गर्नु भएको हो । निर्धारित समय अघिनै काम पूरा गरेको जानाउँदै निर्माण कम्पनी लाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update