Harsamaya
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, जनजीवन प्रभावित
हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध।

बागलुङ - लगातारको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। निसीखोला–पूर्वी रुकुमखण्डमा डेढ फिट हिउँ जम्दा सवारीसाधन ठप्प भएका छन्।

निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुलाउने अवस्था छैन। ‘घाम लागेपछि मात्र मेसिन प्रयोग गरी सडक खुलाउने तयारी गरिनेछ,’ उनले बताए।

यसैबीच, नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनको माथिल्लो भेगमा पनि बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। स्थानीय चकबहादुर अदैका अनुसार हिमपातका कारण यातायात र दैनिकी प्रभावित बनेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update