प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, कैयौँ उडान रद्द र डाइभर्ट

काठमाडौँ - खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा समस्या आएको छ।
प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट आएको कतार एयरवेजको क्यूआर ६५२ जहाज कलकता डाइभर्ट गरिएको छ। मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि अन्यत्र मोडिएका छन् भने सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ।
आन्तरिक उडान पनि प्रभावित भएका छन्। काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, विराटनगर, जनकपुर, भद्रपुर, भैरहवा लगायतका उडान रद्द भएका छन् भने अधिकांश उडान ढिलाइ भएका छन्।
तर, दिउँसोदेखि मौसममा सुधार आउन थालेपछि उडान पुनः सुचारु हुन थालेको प्रवक्ता शेर्पाले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय