सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प

काठमाडौं - सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरकाे भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं उपत्यका सहित आसपासका जिल्लाहरूमा महसुस गरिएको छ।
हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण आएकाे छैन । सिन्धुपाल्चोक आसपासमा भूकम्प चार पटकसम्म महसुस गरिएको स्थानीयले जनाएका छन्।
नेपाल भौगोलिक रूपमा उच्च भूकम्पीय जोखिम रहेको क्षेत्र हो, जहाँ भारतीय र यूरेसियन टेक्टोनिक प्लेटहरू आपसमा ठोक्किनाले पटक–पटक भूकम्पहरू आउने गर्छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ ०३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय