
काठमाडौं - कालिकास्थानस्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ ।
इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाइल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ ।
'शान्तिको लागि थिएटर, संस्कृतिहरूको आदानप्रदान र दिगो भविष्य संरक्ष' मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जन बढी नाटकहरू प्रदर्शन हुनेछन् । नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा गरि १३ ओटा नाट्य प्रशिक्षण तथा कार्यशालाहरू पनि सञ्चालन हुनेछन् । प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरूले गराउनेछन् ।