तीन किलो ७४५ ग्राम सुनसहित चार विदेशी पक्राउ

काठमाडौं - प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चार जना विदेशी नागरिक परेका छन् ।
गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौं आएका तीन महिला र एक पुरुष गरी चार जना पक्राउ परेका हुन् ।
गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौं आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ गरिएको भित्रुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय