Harsamaya
इस्तानबुलमा भेट्दै रुसी र अमेरिकी कूटनीतिज्ञ
सका विदेशमन्त्री सर्गेई लाभरोभ

दोहा - रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञबिच बिहीबार इस्तानबुलमा भेटवार्ता हुने जानकारी दिए । 

वार्तामा दुई देशका दूतावासहरूसँग सम्बन्धित मुद्दा समाधानमा केन्द्रित हुने लाभरोभले बताए । पूर्वराष्ट्रपति जो बाइडेनको पालामा दुई देशले एक-अर्काको देशका कूटनीतिक कर्मचारीलाई निष्कासन गरेका थिए । 

पछिल्लो बैठक यसै मुद्दा समाधानमा केन्द्रित हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता अमेरिकी विदेश नीतिमा पूर्णतः यु टर्न आएको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर तीन वर्षभन्दा बढी समयमा पहिलोपटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update