Harsamaya
अक्षय कोष स्थापना गर्न हङकङमा सांगीतिक साँझ
दिलमाया मेमोरियल फाउन्डेसन

हङकङ - दिलमाया मेमोरियल फाउन्डेसनले हङकङमा स्थायी अक्षय कोष स्थापना गर्न सांगीतिक साँझ आयोजना गर्ने भएको छ। 

कार्यक्रममा गायक तथा संगीतकार बादल लिम्बू, खुसी लिम्बू, गायिका सुनिता थेगिम, दीपा सुहाङ, मिडिया पर्सनालिटी भूमिका फियाकले हङकङेली दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । बेलुका ५ बजेबाट सुरु हुने कार्यक्रम २० अप्रिल २०२५ का दिन जोडर्नस्थित ब्लु ओसन रेस्टुरेन्टमा आयोजना हुनेछ ।

नेपालका ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यको पहुँचमार्फत समुदायको सशक्तीकरण गर्ने उद्देश्यले स्थापना भएको फाउन्डेसन सामाजिक सेवामा क्रियाशील छ।

समाजसेवी स्व. दिलमाया लिडेन्मा तावाहाङको पुण्य स्मृतिमा सन् २०१७ मा स्थापना भएको दिलमाया फाउन्डेसन नेपालको समाज कल्याण मन्त्रालय र बेलायतको च्यारिटी कमिसनमा पञ्जीकृत संस्था हो।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update