Harsamaya
जनकपुरमा हुने चलचित्र महोत्सवमा पाँच देशका ७८ चलचित्र
जनकपुरधाम

धनुषा - मधेश प्रदेशको राजधानी जनकपुरधाममा फागुन १६ देखि १८ गतेसम्म हुने तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था संवाद फाउन्डेसनले जनाएको छ।

जनकपुरधाममा बुधबार गरिएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष कुमार भास्करले महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रकर्मीद्वारा तीन हजार पाँच सयभन्दा बढी आवेदन प्राप्त भएका जसमध्ये महोत्सवका लागि १० विधाबाट चयन भएका कुल ७८ वटा चलचित्र प्रदर्शन गरिने बताए ।

महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गर्ने उनले बताए । 

उनले प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने जानकारी दिए । महोत्सवमा नेपालसहित भारत, फ्रान्स, चीन, संयुक्त अधिराज्य, इरानसहितको देशका चलचित्र प्रदर्शन गरिनेछन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update