४० करोडमा लगानीमा पाउडर दूध उद्योग खोल्ने सुदूरपश्चिम सरकारको तयारी

काठमाडौं - सुदूरपश्चिम सरकारले कैलालीमा ४० करोड रुपैयाँको लागतमा पाउडर दूध उद्योग खोल्ने तयारी गरेको छ । नेपाल सरकारको विशेष अनुदानमा प्रदेश सरकारले तीन वर्षमा सो उद्योग स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको दुग्ध विकास बोर्डले गत वर्ष तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सो उद्योग स्थापना गर्नका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ चालु आर्थिक वर्षमा विशेष अनुदान दिएको छ ।
सो उद्योग स्थापनाका लागि डिपिआर पुनरावलोकन गरिरहेको दुग्ध विकास बोर्डका सदस्य सचिव हेमराज अवस्थीले बताए । उनले डिपिआर पुनरावलोकनपछि उद्योग निर्माणको लागि टेण्डर आह्वान गरिने बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय