Harsamaya
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, बाबाजीहरूको आजै बिदाइ गरिने
डोलेश्वर महादेव मन्दिर

भक्तपुर - महाशिवरात्रि पर्वमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा आराधना गरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतकाअनुसार बुधबार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिर प्रवेश गराई महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको थियो । 

महाशिवरात्रिको दिन भक्तजनलाई एक हजार १०० मा पूजा सामग्रीसहित पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको थियो । नेपाली र भारतीय पर्यटकले डोलेश्वरमा ६० हजारभन्दा बढीले पूजा एव दर्शन गरेको महासचिव बस्नेतले बताए । 

रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्ने र बिहीबार बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्रि पर्वका लागि यस वर्ष डोलेश्वर आउने तीन साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती र कम्बल दिएर आजै बिहान ११ बजे भोजन गराई बिदा गरिने कार्यक्रम छ ।  

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update