Harsamaya
गोरखामा बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

गोरखा - बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु भएको छ अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा बुधबार दिउँसो बा प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङ्गा खसेर लाग्दा चालकको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 

स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ वर्षीय  रामबहादुर आलेमगरको मृत्यु भएको हो । कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update