शंकर पोखरेलको टिप्पणी- प्रचण्डमा यतिबेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो दाबी हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले प्रचण्डले हालै आफ्नो दलको सहयोगमा कांग्रेस र एमाले ठूलो भएपनि पछिल्लो समय आफूहरूले साथ नदिएपछि सानो हुन थालेको बताएपछि यस्तो टिप्पणी गरेका हुन् ।
पोखरेलले प्रचण्डको उक्त दाबीलाई हास्यास्पद भन्दै प्रचण्डले अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रको कारण माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाएको दाबी समेत गरेका छन् ।
<>
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ २१:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय