Harsamaya

काठमाडौं - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धलाई हिंसा भन्ने रामबहादुर थापाको अभिव्यक्ति स्वभाविक नभएको बताएका छन् । 

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले जनयुद्धकै सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताएका हुन् । 

उनले जनयुद्ध हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलन भएको जिकिर गरे । उनले एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गर्ने काम गरेको उल्लेख गरे । हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य भएको उनले बताए । 

कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update