Harsamaya
महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारको पोल्टामा, नेपाल फेरि हार्यो
महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई हराउँदै म्यानमारले जित निकालेको हो ।  

काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार बेहोरेको छ । दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको हो । 

फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यानमारले २-० को नतिजा निकालेको हो । म्यानमारका लागि यू पीर खैंगले गोल गरेकी थिइन् भने अर्को गोल नेपालकी गीता रानाले आत्मघाती गोल गरेकी थिइन् । 

योसँगै नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो । 

यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियसिपको ६ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पटकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।   

नेपाल साफ च्याम्पियनसिपमा ६ पटक २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनल खेलेको थियो भने साग गेम्समा ३ पटक २०१०, २०१६ र २०१९मा फाइनल खेलेको थियो ।

 त्यस्तै नाडेज्दा कप २०१९ मा फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो भने हिरो वुमन्स गोल्डकपको फाइनलमा २०१९ मा म्यान्मारसँग पराजित भएको थियो । त्यस्तै वाफ वुमन्सको फाइनलमा २०२४ मा जोर्डनसँग पराजित भएको थियो भने यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा म्यान्मारसँग पराजित भएको छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update