त्रिशुली-टोखा सडकमा ‘टाइम कार्ड’, बिहीबारबाट लागू हुने (सूचनासहित)
-1740574078.png)
नुवाकोट - त्रिशुली-छहरे-टोखा-काठमाडौं सडक खण्डमा चल्ने सार्वजनिक यातायातमा अब ‘टाइम कार्ड’ लागू गरिने भएको छ।
यो नियम २०८१ साल फागुन १५ गतेदेखि लागू हुने सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए ।, ‘टाइम कार्ड’ लागू भएपछि सवारी व्यवस्थापन सहज हुने, ट्राफिक जाम घट्ने र दुर्घटना न्यूनीकरण हुने हुमागाईंले विश्वास व्यक्त गरे ।
नुवाकोटमा पछिल्लो समय सवारी जाम, अस्वस्थ प्रतिस्पर्धा, ओभरटेक गर्ने प्रवृत्ति, चालकको लापरवाही तथा सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएका छन्।
अब सार्वजनिक यातायातका साधनले तोकिएको समय तालिकाभित्र रही मात्र सञ्चालन गर्नुपर्नेछ। नियम उल्लंघन गर्ने सवारीसाधनहरूलाई आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय