पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाडौं - महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ परेका छन् ।
पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय