Harsamaya
एन्फाले भन्यो - नेपाल र म्यान्मारबीचको फाइनल खेल घरबाटै हेर्नू
फाइनल खेलमा आज नेपाल र म्यान्मार भिड्दै ।

काठमाडौं - आज हुने अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट सोल्ड आउट भएको छ । एन्फाले टिकट पुरै बिक्री भएकाले घरमै बसेर खेल हेर्न आग्रह गरेको छ ।

आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यानमार भिड्दै छन् । फिफा वरियतामा ५५औ स्थानमा रहेको बलियो टिम म्यानमारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update