Harsamaya

काठमाडौं - महाशिवरात्रि तथा २६२औँ सेना दिवसको अवसरमा नेपाली सेनाले विशेष समारोहको आयोजना गर्यो। सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रह्यो।

समारोहमा सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै राष्ट्रिय झण्डा र 'सेना दिवस २०८१' लेखिएको ब्यानर प्रदर्शन गर्यो। राइफल र तोप सलामी, रणकौशल प्रदर्शन, परम्परागत नृत्य तथा सैन्य उपकरण प्रदर्शनी गरिएको थियो।

राष्ट्रपति पौडेलले ‘सिपाही’ पत्रिका विमोचन गर्दै उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कार प्रदान गरे। साथै, भारत, बेलायत, अमेरिका लगायतका मित्रराष्ट्रका सैनिक ब्याण्डले सांगीतिक प्रस्तुति दिए। नेपाली सेनाले महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउने परम्परा अनुसार यो दिवस विशेष रूपमा मनाइयो।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update