
काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्लो समय तरकारी र फलफूलको मूल्यमा अस्थिरता देखिएको सन्दर्भमा समितिले उपभोक्ताहरूलाई सहज बनाउने उद्देश्यले मूल्य निर्धारण गरेको हो।
तरकारीको भाउ यस्तो छ
नेपाली ठूलो गोलभेँडाको प्रतिकेजी मूल्य रु ५० कायम गरिएको छ भने भारतीय ठूलो गोलभेँडा रु ६० प्रतिकेजी रहेको छ। त्यस्तै, आलु रातो नेपाली रु ३४ प्रतिकेजी र भारतीय आलु रातो रु ३२ प्रतिकेजी रहेको छ। प्याज सुकेको (भारतीय) रु ७५ प्रतिकेजीमा तोकिएको छ।
गाजरको मूल्यमा सामान्य फरक देखिएको छ। स्थानीय गाजर प्रतिकेजी रु ३५ रहेको छ भने तराई गाजर रु ३० प्रतिकेजी पर्न गएको छ। बन्दाको मूल्य तुलनात्मक रूपमा कम छ । स्थानीय बन्दा रु १५ प्रतिकेजी, तराई बन्दा रु १२ प्रतिकेजी र नरिवल बन्दा पनि रु १२ प्रतिकेजी रहेको छ।
त्यस्तै, स्थानीय काउली रु २५ प्रतिकेजी, ज्यापु काउली रु ३० प्रतिकेजी, र तराई काउली रु २५ प्रतिकेजी तोकिएको छ। मूला रातो प्रतिकेजी रु ४५, सेतो मूला (लोकल) रु २०, र सेतो मूला (हाइब्रिड) रु ३० कायम भएको छ। भन्टाको भाउ लाम्चो जातको लागि रु ३० प्रतिकेजी र डल्लो भन्टा रु ५० प्रतिकेजी छ।
हरियो सागसब्जी किन्नुहुन्छ? यस्ता छन् मूल्यहरू
हरियो सागसब्जीको मूल्यमा पनि विविधता देखिएको छ। रायो साग रु २५ प्रतिकेजी, पालुङ्गो साग रु ५०, चमसुर रु ५०, तोरीको साग रु २५, मेथीको साग रु ६०, र प्याज हरियो रु ४० प्रतिकेजीमा उपलब्ध छ।
त्यस्तै, स्कूस रु ४५, बरेला रु ४५, भिण्डी रु ११०, तिते करेला रु १२०, परबर रु २२०, घिरौला रु ११०, लौका रु ४५, र कुरिलो प्रतिकेजी रु १,८०० मा तोकिएको छ।
फलफूलको मूल्य यस्तो छ
फलफूलको मूल्य हेर्दा स्याउ (झोले) रु २०० प्रतिकेजी, स्याउ (फूजी) रु ३००, केरा (दर्जन) रु १५०, कागती रु १८०, अनार रु ३८०, अङ्गुर (हरियो) रु १८०, अङ्गुर (कालो) रु २५०, सुन्तला (भारतीय) रु १४०, तरबुजा रु ५०, मौसम रु १६०, जुनार रु १४०, र नासपाती (चाइनिज) रु २४० प्रतिकेजी रहेको छ।
यसैगरी, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी रु ४८०, लप्सी रु १२०, मेवा (भारतीय) रु १००, र अम्बा रु १४० तोकिएको छ।