Harsamaya
पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा
पशुपतिनाथ मन्दिर । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको महाशिवरात्रिमा आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

 कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । 

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update