Harsamaya
आजको मौसमः  वर्षा र हिमपातको सम्भावना
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भइ बाँकी भू-भागको मौसम सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागको मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगातय देशको पहाडी भू-भागको मौसम सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update