Harsamaya
इमाडोलको रंग पसलमा भीषण आगलागी, डेन्टल क्लिनिक पनि क्षतिग्रस्त (तस्वीरसहित)
ललितपुरको इमाडोलस्थित एउटा रंग पसलमा आगलागी भएको छ ।

ललितपुर - ललितपुरको इमाडोलस्थित एउटा रंग पसलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रंग पसलमा साँझ आगलागी भएको हो ।

प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिएकाे स्थानीय डेन्टल सञ्चालक दीपेन्द्र शाहले जानकारी दिए । आगाे निभाउन पाँच वटा वारुणयन्त्र आएका थिए । रंग पसलमा लागेकाे आगाेले दाेस्रो तलामा रहेको मनकामना डेन्टलमासमेत क्षति पुर्याएकाे थियो  । आगाे के कारण लागेको खुल्न सकेको छैन । आगलागीबाट भएको  क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Imadole-Fire-5-1740504465.png
Imadole-Fire-2-1740504481.png
Imadole-Fire-1-1740504473.png
Imadole-Fire-3-1740504481.png
Imadole-Fire-4-1740504465.png

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update