Harsamaya
युक्रेनको पुनर्निर्माणका लागि पाँच खर्ब डलर लाग्ने
युक्रेन

किएभ - रुसी आक्रमणबाट भएको क्षति मर्मत गर्न युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने भएको छ ।  मङ्गलबार प्रकाशित संयुक्त मूल्यांकनमा युक्रेनमा पुनर्निर्माण र पुनर्प्राप्तिको कूल लागत पाँच खर्ब २४ अर्ब डलर लाग्ने युक्रेन, विश्व बैंक समूह, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ । 

सर्वेक्षणले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरुआतदेखि सन् २०२४ डिसेम्बरसम्म भएको विनाशलाई समेटेको थियो ।

सर्वेक्षणले देशको १३ प्रतिशत आवास क्षतिग्रस्त वा नष्ट भएको र यसले २५ लाखभन्दा बढी घरपरिवारलाई प्रभावित पारेको पाएको छ ।

सर्वेक्षणअनुसार पूर्व, उत्तर र दक्षिणका अग्रपङ्क्ति क्षेत्रहरूमा तीन–चौथाई क्षति भएको छ ।

यसअघि सन् २०२४ को फेब्रुअरीमा गरिएको सर्वेक्षणमा युक्रेनलाई आगामी दशकमा चार खर्ब ८६ अर्ब डलरको आवश्यकता पर्ने उल्लेख गरिएको थियो । एजेन्सी

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update