Harsamaya
नेकपा बहुमतले भ्रष्टाचार र बेथितिका विरुद्धमा देशव्यापी संघर्ष गर्ने
नेकपा(बहुमत) महासचिव धर्मेन्द्र बास्तोला ।

काठमाडौं - नेकपा(बहुमत)ले भ्रष्टाचार र बेथितिका विरुद्धमा देशव्यापी ६ महिने संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा(बहुमत)ले वर्तमान सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको र मुलुक बेथितिमा फसेको भन्दै देशव्यापी ६ महिने संघर्ष गर्ने घोषणा गरेको हो ।

पार्टीको नवौं महाधिवेशन तथा केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्दै पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले काँग्रेस–एमाले घुमाउरो तरिकाले पश्चगमनको तयारीमा लागिरहेको आरोप लगाए । 

बास्तोलाले जनयुद्ध र जनआन्दोलनबाट स्थापित वर्तमान व्यवस्था संकटमा परेकोसमेत उल्लेख गरे । उनले माओवादी केन्द्र अहिलेकै संसदीय व्यवस्थालाई टालटुल गर्नमा केन्द्रित भएको टिप्पणी गरे । 

उनले सरकारले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मिडिया काउन्सिल विधेयक तथा सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रपञ्च रचिरहेको समेत आरोप लगाए ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update