Harsamaya
पूर्वराजाले अरू राजनीतिक दलका नेताजस्तो बोल्न सुहाउँदैन - रघुजी पन्त

काठमाडौं - नेकपा एमालेका सांसद रघुजी पन्तले देशले दिएको सम्मान पूर्वराजा ज्ञानेन्द्र शाहले बोक्न सक्नुपर्ने बताएका छन् । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले पूर्वराजाले अरू राजनीतिक दलका नेताजस्तो बोल्न नसुहाउने भन्दै पूर्वराजाको हैसियतमा देशले दिएको सम्मान बोक्न सक्नुपर्ने बताएका हुन् । 

पूर्वराजाले मान्छेलाई आह्वान गरेर जुलुसमा साथ दिनुपर्यो भन्दा नेपाली जनता र राजनीतिक दलहरू मिलेर निर्मल निवास घेरे भने के हुन्छ ? भन्दै उनले प्रश्न गरे । गणतन्त्र आएपछिको मुलुकको विकास असाधारण ढंगले भएको भन्दै उनले जनतामा निराशा छर्ने प्रयास कसैले गर्न नहुने धारणा राखे । 

सांसद पन्तले एउटा संसदका सदस्यले अर्को सदनका सदस्यलाई लाञ्छना लाउने काम गर्न नहुने बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update