Harsamaya
स्वास्थ्य सचिवका लागि क-कसको नाम भयो सिफारिस ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

स्वास्थ्य सचिवका लागि डा. संगीता कौशल मिश्र, डा.टंक बाराकोटी र डा.विकास देवकोटाको नाम सिफारिस भएको हो । सोमबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सचिवमा ३ जनाको नाम सिफारिस गरेको हो ।

नेपाल स्वास्थ्य सेवा ऐनमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ ।

अब सिफारिस भएका तीन जना मध्ये एक जनालाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update