आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्कासित

काठमाडौं - भारतको दिल्ली विधानसभाबाट आम आदमी पार्टीका १२ विधायकहरूलाई दिनभरका लागि निष्कासित गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार विपक्षी दलकी नेता तथा दिल्लीका पूर्व मुख्यमन्त्री आतिशीसहित १२ विधायक निष्कासनमा परेका हुन् ।
दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारबाही गर्दै उनीहरूलाई निष्कासन गरेका हुन् ।
हालै भएको निर्वाचनपछि आजदेखि विधानसभाको अधिवेशन शुरु भएको थियो । निष्कासनमा परेपछि आम आदमी पार्टीका विधायकहरूले विधानसभा बाहिर धर्ना दिँदै नाराबाजी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय