Harsamaya
नेप्सेको सीईओका लागि आवेदन खुला
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय ।

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरिएको छ। अर्थ मन्त्रालयका सहसचिव सेवन्त पोखरेलको संयोजकत्वमा गठित छनोट समितिले सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

सीईओका लागि अर्थशास्त्र, वित्त, व्यवस्थापन, सूचना प्रविधि वा कानुनमा स्नातकोत्तर वा सो सरहको उपाधि आवश्यक छ। साथै, पुँजीबजार वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव र उच्च व्यवस्थापकीय तहमा सात वर्षको अनुभव अनिवार्य गरिएको छ।

तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि माघ २५ देखि पद रिक्त छ। इच्छुक उम्मेदवारले फागुन १८ भित्र आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update