Harsamaya
मुक्तिनाथ बैंकको सहयोगमा तुलसीपुरमा सिसी क्यामेरा
मुक्तिनाथ विकास बैंक

तुलसीपुर - तुलसीपुरलाई सुरक्षित शहर बनाउने अभियानमा मुक्तिनाथ विकास बैंकले सहयोग गर्दै सिसी क्यामेरा जडानका लागि आर्थिक सहयोग गरेको छ।

तुलसीपुर उद्योग वाणिज्य संघद्वारा सञ्चालित 'सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर' अभियान अन्तर्गत बैंकले बजार क्षेत्रमा हुने आपराधिक गतिविधि तथा दुर्घटना नियन्त्रणका लागि सीसी टिभी जडान गर्न सहयोग गरेको हो।

संघका अध्यक्ष बिनय केसी, इलाका प्रहरी कार्यालय प्रमुखलगायतको उपस्थितिमा मुक्तिनाथ बैंकका तुलसीपुर शाखा प्रमुख सरोज कुमार लामिछानेले आर्थिक सहयोग हस्तान्तरण गरे। बैंकले स्थानीय व्यवसाय प्रवर्द्धन गर्न 'मुक्तिनाथ सरल कर्जा' योजना पनि अघि सारेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update