शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना

काठमाडौं - शिक्षामन्त्री विद्या भट्टराई अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि चार दिनदेखि उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी हुन् ।
भट्टराईको घाँटीमा समस्या देखिएको उनको सचिवालयले जनाएको छ । भट्टराईलाई क्षयरोग भएको आशंका गरिएको छ ।
मन्त्री भट्टराईको उपचारमा संलग्न चिकित्सकका अनुसार क्षयरोगको आशंकामा थप परीक्षण भइरहेको छ ।
मंगलबार बिहान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई केही दिन यता सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय