सुनको मूल्य वृद्धि, चाँदी सस्तो : आजको बजार भाउ यस्तो छ

काठमाडौं - नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भई १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। सोमबार यसको मूल्य १ लाख ७० हजार ८ सय रुपैयाँ थियो।
चाँदी भने सस्तो भएको छ। आज चाँदीको भाउ १५ रुपैयाँ घटेर प्रतितोला १,९७० रुपैयाँमा कारोबार भइरहेको छ।
बजारमा सुनको मूल्य लगातार उतारचढाव भइरहेकाले ग्राहकले सचेत रहनुपर्ने व्यवसायीहरूले सुझाव दिएका छन्।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय