Harsamaya

काठमाडौं - मुग्लिन बजारमा हिजो साँझ भएको दुर्घटनामा गम्भिर घाईते भएकी वृद्वा महिलाको उपचारको क्रममा निधन भएको छ।

हिजो साँझ करिब ६ः३५ बजे काठमाडौ बाट भरतपुरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नं. को माइक्रोले ठक्कर दिदा स्थानीय अन्दाजी ६५ वर्षीय सुकमाया गुरुङ गम्भीर घाइते भएकी थिइन्।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्युु भएको प्रहरीले जनाएको छ। दुर्घटना गराउने माइक्रो र चालक प्रहरी नियन्त्रणमा रहेको छन्।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update