रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना , २४ जना घाइते
काठमाडौं - काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बस धुलिखेलमा दुर्घटनामा परेको छ।
बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस विपी राजमार्गअन्तर्गत धुलिखेल-१० शारदावतासेमा दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। चालक र सहचालक गम्भीर घाइते भएका छन्। बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ १०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय