
काठमाडौं - नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तिम छनौटमा परेका पाँच जनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो ।
आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं अन्तिम छनौटमा परेका थिए ।
ओझा नेपाली कांग्रेसको संस्थापन पक्षसँग निकट छन् । नवनियुक्त अध्यक्ष ओझाको पुख्र्यौली डडेल्धुरास्थित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरा नै हो । हाल ओझा कञ्चनपुरका स्थायी बासिन्दा हुन् । देउवाकै जोडबलमा उनी अध्यक्ष बनेको बताइन्छ ।