Harsamaya
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ?
प्रतिनिधिसभा

काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पति भएको आमसञ्चार परिषद् विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update