Harsamaya
 कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही मौसम सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक बदली रही मौसम सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशभर आंशिक बदली देखि मौसम सफा रहनेछ। 

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update