दिल्लीबाट उपचार गरेर फर्कदै गर्दा पूर्वमन्त्री पासवानले भने - शेखर कोइरालाले चाहेकै दिन प्रधानमन्त्री बन्छन्

काठमाडौं - बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले यो सरकार धेरै नटिक्ने बताएका छन् । उनले अहिलेको सरकार कति दिन टिक्ने भन्ने कुरा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको हातमा रहेको टिप्पणी गरेका छन् ।
लामो समय नयाँ दिल्लीमा उपचार गरेर सोमबार स्वदेश फर्किएका अध्यक्ष पासवानले अहिलेको कांग्रेस–एमालेको सरकार धेरै नटिक्ने दाबी गरे । उनले शेखर कोइरालाले आँटेकै दिन प्रधानमन्त्री बन्ने पनि बताए ।
उनले अहिलेको सरकार सबै मोर्चामा असफल भएको पनि दाबी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको दिनदेखि नै जनतामा चरम निराशा छाएको र जनआक्रोश बढेमो र्नले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ २२:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय