Harsamaya
‘नो केबलकार’ अभियानलाई वार्तामा आउन सरकारको आग्रह 
गृह मन्त्रालय

काठमाडौं  - सरकारले 'नो केबलकार' अभियानमा लागेका ताप्लेजुङका स्थानीयलाई वार्तामा आउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले बनाएको वार्ता समितिका संयोजक प्रेम प्रसाद भट्टराईले केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई अपिल गरेका छन् ।

गृह मन्त्रालयले माघ २० गते बनाएको वार्ता समितिले यसअघि 'नो केबलकार' अभियानका प्रतिनिधिसँग वार्ता गरेपनि सरकार केबलकारको निर्माण बन्द गर्न सहमत नभएपछि वार्ता असफल भएको थियो ।

Home.jpg-7-1740404311.jpg
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update