Harsamaya

काठमाडौं - ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन नहुने बताएका छन् । 

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलेको अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने बताएका हुन् । 

उनले नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको धारणा राखे । आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरी मौका दिनुपर्ने उनको भनाइ छ । 

उनले सरकारको कर्मचारीलाई चित नबुझेको कुरामा स्पष्टीकरण सोध्नु ठूलो विषय नभएको उल्लेख गरे । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update