Harsamaya
नेप्से ३.३५ अंकले बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - यो साता कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव ३५ अंकले बढेर दुई हजार सात सय ५८ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १० कम्पनीको दुई करोड ११ लाख १० हजार कित्ता सेयर एक लाख ३ हजार २६२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८  बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ १.२२, लगानी १.०९ , उत्पादन तथा प्रशोधन ६९.८० र अन्य समुह ५८.१४ प्रतिशतले बढेको छ । अरू सबै समूहको उप सूचक घटेको छ ।

आज गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५९ करोड ३५ लाख ३८ हजार ९५ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update