
काठमाडौं - नेपाली चलचित्र ‘मायावी’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनसभर्सल (यु) क्याटागोरीको स्वीकृति प्राप्त गरेको छ। चलचित्र जाँच पास समितिले चलचित्रलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएसँगै अब यो चलचित्र हरेक वर्गका दर्शकले हेर्न पाउने भएका छन् ।
निर्देशक दिवाकर भट्टराई निर्देशित यो चलचित्रलाई निर्माता धुर्व न्यौपाने, राज कटुवाल, र चन्द्र पन्तले निर्माण गरेका छन्।
दुई घण्टा २१ मिनेट लामो यो चलचित्रले अब नेपालभर सार्वजनिक प्रदर्शनका लागि अनुमति पाएको छ। सेन्सर बोर्डले चलचित्रभित्र रहेका धुम्रपान तथा मद्यपानका दृश्यहरूमा चेतावनी सन्देश राख्नुपर्ने सर्तसहित अनुमति प्रदान गरेको हो।
लभ स्टोरी जनरामा बनेको यो चलचित्रमा नायक पल शाह र नायिका दीपिका प्रसाँईसंगै कलाकारद्वय प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ र नव–नायक समीम खानको मुख्य भूमिका छ ।
मायावी फागुन १४ गते देशभरका हलहरूबाट प्रदर्शन हुँदैछ । १४ गते नै बहुचर्चित चलचित्र लाज शरणम् पनि प्रदर्शन हुनेछ । दुवै नेपाली फिल्म एकै दिन भिड्ने छन् । कसले दर्शकको माया पाउँछ त्यसको लागि भने केही दिन कुर्नै पर्ने हुन्छ ।
यूनिभर्सल सर्टिफिकेट :-