Harsamaya
तराई–मधेशमा माओवादी जागरण अभियान: ‘जनतासँग टाढा भएका होइनौं, अझ नजिकिँदै छौं’
पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काठमाडौं - नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’ आजबाट सुरु गरेको छ। अभियानको सुरुआत झापाको कचनकवलबाट हुँदैछ, जहाँ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेतृत्व पुगेको छ।

यो अभियान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा फागुन १२ देखि चैत्र ७ गतेसम्म चल्नेछ। यसक्रममा सरकारका गलत नीतिको विरोध, पार्टीले अघिल्लो कार्यकालमा गरेका राम्रा कामको समीक्षा र जनतालाई सचेत गराउने कार्यक्रम हुनेछ।

माओवादी केन्द्रले भनेको छ– "हामी जनतासँग टाढिएको होइन, अझ नजिक जान खोज्दैछौं।"
तराई–मधेशको राजनीति फेरि तात्ने संकेत!

यस्तो छ कार्यक्रमको  तालिका :-

Karyakram-Talika-1740377833.jpg

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update