नेटो सदस्य बनाएमा तत्कालै राजीनामा दिन्छु - जेलेन्स्की

कीभ - युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिन तयार भएको बताएका छन् ।
तर, जेलेन्स्कीले युक्रेनको लागि शान्ति र नेटो सदस्यता बनाउनु पर्ने सर्त पुरा गरे तत्कालै राष्ट्रपति पद छाड्ने जनाएका हुन ।
रूस र अमेरिका बीच सबन्ध नजिकिए पछि तनावमा रहेका जेलन्सकीले ट्रम्पलाई भेट्ने इच्छा पनि व्यक्त गरेका छन् ।
जेलेन्स्कीले कीभमा पत्रकार सम्मेलनमा भने, ‘यदि युक्रेनमा शान्ति बहाली हुन्छ छ, यदि तपाईं साँच्चै मलाई मेरो पद छोडाउन चाहनुहुन्छ भने म तयार नै छु तर म मुलुकलाई नाटो सदस्यको रूपमा रहेको हेर्न चाहान्छु । यो पुरा गरेमा तुरुन्तै पद छाड्न पनि तयार छु ।’
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय