Harsamaya
रहेनन् फुटबल प्रशिक्षक हरिओम श्रेष्ठ
फुटबल प्रशिक्षक हरिओम श्रेष्ठ

काठमाडौं - फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ। 

५४ वर्षीय उनको उपचारकालागि वीर अस्पताल लाँदालाँदै बाटोमै निधन भएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । धरानमा भएको माघ २६ गते भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि उनलाई हृदयघात भएको थियो।

हृदयघात भएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइ गंगालालमा उपचार गरिएको थियो।

स्वास्थ्यमा केही सुधार भएपछि शुक्रबार उनलाई घर फर्काइएको थियो। राष्ट्रिय टोलीबाट समेत फुटबल खेलेका श्रेष्ठले मनाङ मर्स्याङदी, थ्री स्टार, आरसिटी, एनआरटी जस्ता चर्चित क्लबबाट घरेलु फुटबल खेलेका छन् । 

उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा आइतबार नै गरिएको छ । 

उनका श्रीमती र २ छोरी छन्।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update