संसदमा आज बाँदर आतंकदेखि स्वास्थ्य सेवासम्मका मुद्दामा छलफल हुने (कार्यसूचीसहित)

काठमाडौं – संघीय संसद प्रतिनिधि सभाको पाँचौं अधिवेशनअन्तर्गत ११औं बैठक आज बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिक प्रतिवेदन पेश गर्नेछन्।
त्यस्तै, गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल सम्बन्धी विधेयक पेश गर्नेछन्। स्वास्थ्य क्षेत्रमा अनुदान अभावका कारण सुदूरपश्चिम र कर्णालीका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनसक्ने विषयमा सांसद शेर बहादुर कुँवरले ध्यानाकर्षण गराउने छन्।
साथै, गाउँगाउँमा बाँदर र बँदेलको आतंकले किसानलाई पुर्याएको क्षति रोक्न दीर्घकालीन नीति निर्माणको माग गर्दै सांसद राजेन्द्र बजगाईंले प्रस्ताव पेश गर्ने भएका छन्।
आजको बैठकमा यी महत्त्वपूर्ण विषयमा छलफल हुँदैछ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ ०७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय