मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि

काठमाडौँ - हिज्बुल्लाह नेता हसन नसरल्लाह र उनका उत्तराधिकारी हाशिम सफिद्दीनलाई बिदाइ गर्न आइतबार हजारौं मानिसहरू बेरुतको स्पोर्ट्स सिटीमा भेला भएका थिए ।
लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।
इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युमा पाँच दिनको शोकको घोषणा गरेका थिए ।
इरानका विदेशमन्त्री अब्बास अरघची हसन नसरल्लाह र हाशिम सफिद्दीनको अन्त्येष्टिमा सहभागी भएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ २१:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय