Harsamaya
एपिएफ क्लब केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश
एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘केपी ओली कप फुटबल च्याम्पियनसिप’।

काठमाडौं - विभागीय टोली एपिएफ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एपिएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफले अब सेमिफाइनल प्रवेश गर्न ए डिभिजन लिग क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ । संकटा पहिलो खेलमा बाई पाउँदै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।

आइतबारबाट सुरु प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update