-1736338790.png)
पोखरा - सिन्धुपाल्चोक घर भएकी तालिमरत सशस्त्र प्रहरी इन्स्पेक्टर सन्तोषी महतले पोखरामा मृत अवस्थामा फेला परेकी छिन् । पाँचपोखरी थाङपाल गाउँपालिका ७ लागर्चे कि २९ बर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार महतको शव ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा फेला परेको थियो। यस घटनाले प्रहरी संगठनभित्र नै धेरै प्रश्न उठाएको छ।
महतले २०७२ सालमा सशस्त्र प्रहरीमा सिपाही पदबाट सेवा सुरु गरेकी थिइन्। २०७८ सालमा असईमा नाम निकाल्दै, निरन्तर प्रगति गरिरहेकी उनले यसै वर्ष इन्स्पेक्टर पदमा बढुवा पाएकी थिइन्। हाल उनी पोखरामा आधारभूत तालिममा थिइन्।
महतको शव पोस्टमार्टमका लागि पठाइएको छ भने रिपोर्ट आउन केही दिन लाग्ने बताइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।