
काठमाडौं - रंगकर्मी इँगिहोपो कोँइच सुनुवारको लेखन, परिकल्पना र निर्देशनमा तयार भएको नाटक ‘जुन त लग्यो ताराले’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ। फागुन १० गतेदेखि सुरु भएको नाटक फागुन १८ गतेसम्म मञ्चन हुनेछ।
निर्देशक सुनुवारका अनुसार नाटकले बाध्यता, रहर र सपनाका बीचमा एक्लिएको नेपाली समाजको कथा प्रस्तुत गर्छ। यस नाटकमा मण्डला थिएटरको ‘ल्याब १६’ का प्रशिक्षार्थीहरूले अभिनय गरेका छन्।
अभिनय गर्ने कलाकारहरूमा उपाश्ना तामाङ, अन्जना राई, मिरा पण्डित, विनोद राहुँ मगर, मेनुका माझी, बद्रि प्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, संजीव महर्जन, साईरस विश्वकर्मा लगायत २२ जना कलाकार छन्।
संगीत तथा शब्द सागर खाती कामी (पिलो प्लानर) को रहने नाटक प्रत्येक दिन अपराह्न ४ बजे मञ्चन हुनेछ भने सोमबार विश्राम गरिनेछ।